‘स्थिति हेरेर बाटोमै शपथ लिएको हुँ’ — मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव

20 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २५ गते ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो शपथ ग्रहण कार्यक्रमबारे स्पष्टीकरण दिएका छन्। उनले अहिलेको परिस्थितिलाई हेरेर बाटोमै शपथ लिन बाध्य भएको बताएका छन्।

सोमबार साँझ जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतले आफू मुख्यमन्त्री बनेको दाबी गरे। उनले भने, “प्रदेश प्रमुख सुमित्रा भण्डारी बिरामी भएर काठमाडौं निस्किएपछि परिस्थितिले बाध्य पार्‍यो, त्यसैले बाटोमै शपथ लिनुपर्‍यो।”

यादवले यो कुनै पूर्वयोजना नभएको र संवैधानिक प्रक्रिया अनुसार नै आफूले पद ग्रहण गरेको बताए। “यो बाध्यात्मक अवस्था थियो,” उनले भने, “तर यसले संविधान, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात पुर्‍याउँदैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?