मुख्यमन्त्री नियुक्तिपछि जनकपुरधाम तनावग्रस्त, विपक्षी दलद्वारा तोडफोड र प्रदर्शन

21 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २४ गते ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्ने तयारीसँगै सोमबार जनकपुरधाममा तनावपूर्ण अवस्था सिर्जना भएको छ। मुख्यमन्त्री नियुक्तिको विरोधमा उत्रिएका विपक्षी दलका कार्यकर्ताहरूले प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूमा तोडफोड र तालाबन्दी गरेका छन्।

प्रदर्शनकारीहरूले बजारका विभिन्न स्थानमा टायर बाल्दै प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरेका छन्। बिहानै प्रदेश प्रमुखले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

विपक्षी दलहरू विशेषतः लोसपाका नेता–कार्यकर्ताहरूले नियुक्तिलाई “राजनीतिक चलखेल” भन्दै अस्वीकार गरेका छन्। लोसपा संसदीय दलका नेता जेनुल राइनले प्रदेश प्रमुखको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

त्यस्तै, धनुषा जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन सुरक्षा बल परिचालन गरेको छ। प्रशासनले शान्तिपूर्ण रूपमा विरोध जनाउन आग्रह गर्दै जनकपुरमा थप तनाव नफैलियोस् भन्ने उद्देश्यले संयम अपनाइरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?