पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा रौतहटका चार नगरपालिकाको शोक बिदा
22 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २३ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै रौतहटका चार नगरपालिकाले आइतबार शोक बिदा दिएका छन्। राजपुर, परोहा, ईशनाथ र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै नगरपालिकाभर शोक बिदा घोषणा गरेका हुन्।
नगरपालिकाहरूले दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्। कांग्रेसका वरिष्ठ नेता आलमको उपचारका क्रममा शुक्रबार राति काठमाडौँ मेडिकल कलेजमा निधन भएको थियो। उनी पार्टीभित्र लामो समयदेखि प्रभावशाली नेता मानिन्थे। नगरपालिकाहरूले आइतबार आफ्ना कार्यालय तथा मातहतका निकायहरूमा कार्य स्थगित गरी शोक बिदा मनाएको जनाएका छन्।
कमेन्ट गर्नुहोस्
view comments