बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
24 दिन पहिले प्रकाशित
काठमाडौं, कार्तिक २१ गते । स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि देशभर बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ। शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि वितरण गरिँदैछ।
उक्त कार्यक्रमका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन्। दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते सञ्चालन हुनेछ। सरकारले बालबालिकामा कुपोषणको जोखिम कम गर्न सन् १९९३ (२०५० साल) देखि भिटामिन ‘ए’ र सन् १९९९ (२०५६ साल) देखि जुकाको औषधि नियमित खुवाउँदै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments