नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधरको भेला आज, संस्थापन र शेखर समूहबीच संयुक्त पहल

25 दिन पहिले प्रकाशित

काठमाडौं, कार्तिक २० गते । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन पक्षधर नेताहरूको भेला आज बिहान काठमाडौंमा हुँदैछ। यसअघि विशेष महाधिवेशन पक्षधरले भेला सम्पन्न गरेपछि त्यसको प्रत्युत्तरस्वरूप नियमित महाधिवेशन पक्षधरहरूले आजको भेला आयोजना गर्न लागेका हुन्।

बिहान साढे ११ बजे राजधानीको एक होटेलमा हुने भेलामा संस्थापन पक्षका नेता तथा डा. शेखर कोइराला नेतृत्वको इतर समूहका नेताहरू सहभागी हुनेछन्। कांग्रेसभित्र हाल ५४ प्रतिशत प्रतिनिधिहरूले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै हस्ताक्षरसहित दबाब दिइरहेका छन्, जसले पार्टीभित्र आन्तरिक शक्ति सन्तुलनलाई अझ चर्काएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?