रामकुमारी झाँक्रीको घोषणा : “एकीकृत समाजवादीसँगको मेरो यात्रा आज टुंगियो”
8 घन्टा पहिले प्रकाशित
काठमाडौं, कार्तिक १९ गते । नेतृ रामकुमारी झाँक्रीले आजदेखि एकीकृत समाजवादी पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच वाम एकता घोषणा हुँदैगर्दा झाँक्री भने सो प्रक्रियाबाट अलग रहेकी हुन्। उनले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टीसँगको बाटो टुंगिएको स्पष्ट पार्दै नयाँ राजनीतिक अभियानको तयारीमा रहेको बताइन्।
उनका अनुसार संविधान र लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले एकीकृत समाजवादीको स्थापना गरे पनि पार्टीले अपेक्षित दिशा लिन नसकेको कारण आफूहरूले नयाँ बाटो रोजेको हो। झाँक्रीले भनिन्, “हामीले ठूलो परिवर्तनको सपना बोकेर पार्टी निर्माण गरेका थियौँ, तर त्यो सम्भावना अब समाप्त भएको छ।” उनले एकीकृत समाजवादीसँगको आफ्नो यात्रा सोही पार्टीको विघटनसँगै अन्त्य भएको स्पष्ट पारिन्।
कमेन्ट गर्नुहोस्
view comments