सप्तरी प्रहरीले नौ लाखभन्दा बढीको भन्सार छली सामान नियन्त्रणमा लिएर भन्सारमा बुझायो

9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १९ गते ।  जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतबाट चोरी–पैठारी गरी ल्याइएका भन्सार छलीका सामान नियन्त्रणमा लिएर राजविराज भन्सार कार्यालयमा बुझाएको छ।

प्रहरीका अनुसार मातहतका कार्यालयहरूको संयुक्त अभियानमा किराना सामान, कपडा लगायत विभिन्न सामग्री गरी जम्मा नौ लाख ४२ हजार ८ सय ८५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले पक्राउ परेका सामान सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?