महिलाद्वारा सामूहिक रूपमा सामा चकेवा खेल, मैथिली संस्कृति झल्किने उत्सव सम्पन्न

9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १९ गते ।  मैथिली महिला सञ्जाल सप्तरीका महिलाहरूले मङ्गलबार धुमधामका साथ सामूहिक रूपमा सामा चकेवा खेल्दै परम्परागत मैथिली संस्कृति झल्किने उत्सव मनाएका छन्।

स्थानीय शिव मन्दिरको प्राङ्गणमा आयोजित खेलमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायुको कामना गर्दै माटोको सामा चकेवा र अन्य मानवरूपी पात्रहरू बनाई सिँगारेर खेल खेलेका थिए। मैथिली अभियानी तथा शिक्षिका ललिता झाले यो पर्वले मधेशको रीतिरिवाज र सांस्कृतिक सम्पदालाई निरन्तरता दिने कार्यमा योगदान पुर्‍याइरहेको बताइन्।

अर्की अभियानी रश्मि झाका अनुसार सामा चकेवा छठ पर्वको खरनाको दिनदेखि सुरु भई कार्तिक पूर्णिमासम्म खेलिन्छ र अन्तिम दिन सामा चकेवालाई विसर्जन गरिन्छ। विसर्जनपछि दिदीबहिनीहरू समूहमा भेला भई दही, चिउरा र मिठाईजस्ता परिकार बाँडी खाएर पारम्परिक भाइचारा झल्काउने प्रथा रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?