जनकपुरमा स्वास्थ्यकर्मीको आन्दोलन : तीन जना पक्राउ, प्रहरीद्वारा अश्रुग्यास प्रहार

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १९ गते । धनुषामा आन्दोलनरत स्वास्थ्यकर्मी र प्रहरीबीचको विवाद तीव्र बन्दै गएपछि प्रहरीले मंगलबार साँझ तीन जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ। जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत पिडारी चोकमा सडक अवरुद्ध गर्दै विरोध गरिरहेका स्वास्थ्यकर्मीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले जानकारी दिएका छन्।

उनीहरूको अवरोधका कारण लामो समयदेखि ठप्प बनेको सडक सञ्चालनमा ल्याउन प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरी भीड तितरबितर गरेको थियो। हाल सडक जाम खुलेको भए पनि केही स्वास्थ्यकर्मी अझै सडक छेउमा प्रदर्शन जारी राखिरहेको प्रहरीले जनाएको छ। स्वास्थ्यकर्मीहरूले विगतदेखि राखिएको माग पूरा नभएको भन्दै बिहानैदेखि आन्दोलन गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?