जनकपुरधाममा विद्यापति स्मृति पर्व मनाइयो, मुख्यमन्त्री सोनलले विद्यापतिको सम्मानमा राज्यस्तरीय पहल गर्ने घोषणा
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १८ गते । जनकपुरधाममा सोमबार भव्य रूपमा विद्यापति स्मृति पर्व–२०८२ मनाइएको छ। विद्यापति चोकमा आयोजित मुख्य समारोहमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्त ठाकुर र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संयुक्त रूपमा महाकवि विद्यापतिको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धा अर्पण गरे।
कार्यक्रममा मुख्यमन्त्री सोनलले मैथिली भाषाका महाकवि विद्यापतिको योगदान र महानताको प्रशंसा गर्दै नेपाल सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान विद्यापतिलाई दिलाउने प्रयास गर्ने बताए। उनले विद्यापतिको प्रसिद्ध भनाइ “देशील बैना सब जन मिठ्ठा” उद्धृत गर्दै मातृभाषा र संस्कृति प्रती सबैले गर्व गर्नुपर्नेमा जोड दिए। सोही अवसरमा लोसपा अध्यक्ष ठाकुरले विद्यापतिको कीर्तिले मिथिलाभन्दा पर दक्षिण र उत्तर एसियासम्म प्रभाव फैलाएको उल्लेख गर्दै, विद्यापति नेपालकै गौरवका पात्र भएको बताएका थिए।
कमेन्ट गर्नुहोस्
view comments