जेनजी आन्दोलनपछि ठप्प सवारी लाइसेन्स सेवा आजदेखि आंशिक रूपमा सुरु, उपत्यकाका चार कार्यालयबाट सेवा पुनः संचालन

2 दिन पहिले प्रकाशित

काठमाडौं, कार्तिक १७ गते ।  जेनजी आन्दोलनपछि स्थगित भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा आजदेखि आंशिक रूपमा सुरु गरिएको छ। नयाँ बानेश्वरस्थित मीनभवनको यातायात व्यवस्था विभागमा आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि देशभरका ४२ वटा यातायात कार्यालयका सेवाहरू ठप्प बनेका थिए। आगजनीका कारण विभागको सर्भरमा समेत क्षति पुगेको थियो।

विभागले आज सूचना जारी गर्दै उपत्यकाका एकान्तकुना, राधेराधे, चाबहिल र सानो भर्‍याङस्थित कार्यालयहरूबाट आंशिक रूपमा सेवा पुनः सञ्चालन गरिएको जनाएको छ। हाललाई विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्तासम्बन्धी सेवा मात्र सुरु भएको विभागले स्पष्ट पारेको छ। नयाँ आवेदन, नवीकरण र इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा भने हाल निर्णय नभएको विभागले जनाएको छ। विभागका अधिकारीहरूका अनुसार अन्य कार्यालयमा पनि क्रमशः सेवा विस्तार गर्ने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?