राष्ट्रपति पौडेल दोहा प्रस्थान, सामाजिक विकासका विषयमा हुने विश्व शिखर सम्मेलनमा सहभागी हुने

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार कतारको दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार पौडेल कात्तिक २० गतेसम्म दोहामा रहने र सो अवधिमा विभिन्न अन्तर्राष्ट्रिय सत्रहरूमा नेपालको पक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपतिको अनुपस्थितिमा नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। पौडेलको भ्रमण अवधिभर देशका राष्ट्रपति सम्बन्धी सबै कार्य उपराष्ट्रपतिले सम्पादन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?