प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक बोलाइयो
22 घन्टा पहिले प्रकाशित
काठमाडौं, कार्तिक १६ गते । प्रधानमन्त्री सुशीला कार्कीले संघीय सहकार्य सुदृढ गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्। बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।
बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी हुनेछन्।
रावलका अनुसार प्रधानमन्त्री कार्कीले संघ र प्रदेश सरकारबीचको संवाद र सहकार्यलाई नयाँ परिवर्तित अवस्थासँग समायोजन गर्नका लागि यो बैठक बोलाएकी हुन्।
कमेन्ट गर्नुहोस्
view comments