बुद्ध एयरले काठमाडौं–कोलकाताबीच उडान संख्या बढाउने : नोभेम्बर १५ देखि सातामा चार दिन

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, कार्तिक १४ गते । यात्रुको उत्साहजनक सहभागितापछि बुद्ध एयरले काठमाडौं–कोलकाता रुटमा उडान संख्या बढाउने भएको छ। कम्पनीले आगामी नोभेम्बर १५ (कात्तिक २९) देखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चार दिन उडान सञ्चालन गर्ने निर्णय गरेको छ। हाल यो गन्तव्यमा सातामा तीन उडान हुँदै आएकोमा बढ्दो यात्रु सङ्ख्यालाई लक्षित गर्दै यो विस्तार गरिएको हो। कम्पनीका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णका अनुसार यो कदमले यात्रुहरूलाई थप सुविधा प्रदान गर्नेछ।

बुद्ध एयरको उडान काठमाडौंबाट बिहान ७ बजे र कोलकत्ताबाट बिहान ९:३५ बजे हुने छ। काठमाडौंबाट कोलकाताको एकतर्फी भाडा १४ हजार ४८३ रूपैयाँ तोकिएको छ भने फर्किने उडानको भाडा १२ हजार ५४० रूपैयाँ रहेको छ। यो विस्तारले दुई देशबीचको हवाई सम्पर्कलाई मजबुत बनाउने अपेक्षा गरिएको छ, जसले व्यापारिक र पर्यटकीय यात्रुलाई सहजता थप्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?