भारतमा जबरजस्ती श्रममा लगाइएका १६ बालबालिकाको उद्धार, परिवारको जिम्मा लगाइयो
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १४ गते । भारतका विभिन्न राज्यमा जोखिमपूर्ण काममा संलग्न गराइएका १६ जना नेपाली बालबालिकालाई उद्धार गरी आज आफ्ना परिवारको जिम्मा लगाइएको छ। मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा बालबालिकाहरूलाई परिवारमा फिर्ता पठाइएको हो।
मधेस प्रदेशका महोत्तरी, धनुषा, सिराहा, रौतहट र सप्तरीका ती बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा ‘काइन इन्डिया’ नामक संस्थाले उद्धार गरेको हो। सबै कानूनी प्रक्रिया पूरा भएपछि मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको उपस्थितिमा उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको बताइएको छ। राष्ट्रिय बालअधिकार परिषद् मधेस प्रदेशका समन्वय अधिकृत सञ्जीव कुमार महतोका अनुसार उद्धार गरिएका बालबालिकाहरूको उमेर ९ देखि १७ वर्षसम्मका छन्।
कमेन्ट गर्नुहोस्
view comments