छठपछि बिदा दिने मधेश सरकारको निर्णय, प्रदेशभर कार्तिक ११ गते सार्वजनिक बिदा

24 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ७ गते । मधेश प्रदेश सरकारले छठ पर्वको भोलीपल्ट अर्थात् कार्तिक ११ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा यो निर्णयको जानकारी दिएको हो। मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचनामा उल्लेख छ — “मधेश प्रदेश सरकारद्वारा २०८१ साल चैत्र २२ गते प्रदेश राजपत्रमा प्रकाशित बिदा सम्बन्धी सूचनामा, छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिइएको छ।”

यसअघि नेपाल सरकारले छठ पर्वको मुख्य दिन कार्तिक १० गते  देशभर सार्वजनिक बिदा दिएको थियो। मधेश सरकारले त्यसको भोलीपल्ट समेत बिदा दिने निर्णय गरेसँगै चार दिन लामो यो लोकपर्व प्रदेशभर अझ उल्लासपूर्वक मनाइने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?