छठ पर्वमा एक दिने बिदा पर्याप्त होइन : मधेसी अधिकृत समाजको सरकारलाई पुनर्विचार गर्न आग्रह
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक ७ गते । लोकपर्व छठको अवसरमा सरकारले दिने एक दिने सार्वजनिक बिदा पुनर्विचार गर्नुपर्ने माग मधेसी अधिकृत समाज नेपालले गरेको छ। समाजका अध्यक्ष भूदेव झाले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले यो विषयमा गम्भीर ध्यान दिनुपर्ने आग्रह गरेका हुन्।
चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो महापर्वका लागि एक दिनको बिदा अपर्याप्त भएको समाजको तर्क छ। अध्यक्ष झाका अनुसार, यस पर्वमा एक दिनको मात्र बिदा दिँदा व्रतालु, विद्यार्थी र सरकारी कर्मचारी सबैलाई असुविधा भइरहेको छ। समाजले छठलाई धार्मिक आस्था, अनुशासन र सामाजिक एकताको प्रतीक भन्दै बिदा सीमित गर्नु सांस्कृतिक समावेशिताको मर्म विपरीत भएको जनाएको छ। त्यसैले, समाजले छठ पर्वको सम्पूर्ण अवधिमा बिदा दिने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments