राजविराजमा नाबालिकामाथि जबरजस्ती प्रयास, एक पक्राउ र एक फरार
14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ४ गते । सप्तरीको राजविराज नगरपालिका–स्थित एक नाबालिकामाथि सोमबार राति जबरजस्ती करणीको प्रयास भएको छ। राति करिब ८ बजेतिर पसलबाट सामान किनेर घर फर्किँदै गर्दा दुई जना युवकले ती बालिकामाथि जबरजस्ती गर्न खोजेका थिए। प्रतिरोध गर्दा बालिकाको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ। घाइते बालिकालाई तत्कालै उपचारका लागि राजविराजस्थित एक अस्पतालमा भर्ना गरिएको र उनको अवस्था सामान्य रहेको बुझिएको छ।
घटनामा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ भने अर्को युवक अझै फरार रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार घटनाबारे विस्तृत विवरण संकलनको काम भइरहेको छ। उहाँले बालिकाको उपचार जारी रहेकाले पीडित पक्षसँग बुझ्ने क्रममा रहेकाले जबरजस्ती करणीको प्रयास हो वा अन्य प्रकृतिको घटना भन्ने कुरा अहिलेसम्म पुष्टि भइनसकेको जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्
view comments