प्रचण्डकी छोरी गंगा दाहालको राजीनामा : ‘बुवामाथि भइरहेका योजनाबद्ध प्रहारका कारण सचिवालय छोडें’
1 दिन पहिले प्रकाशित

काठमाडौं, कार्तिक ३ गते । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा सचिवालय सदस्य गंगा दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै राजीनामाको जानकारी गराएकी हुन्। प्रकाश दाहालको निधनपछि गंगाले प्रचण्डको सचिवालयमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी थिइन्।
राजीनामाको कारण स्पष्ट पार्दै गंगाले हाल आफूलाई देखाएर माओवादी केन्द्र र त्यसका संयोजक प्रचण्डविरुद्ध योजनाबद्ध प्रहार भइरहेको उल्लेख गरेकी छन्। ‘बुवा र पार्टीविरुद्ध भइरहेका राजनीतिक आक्रमणलाई न्यूनीकरण गर्न तथा आन्दोलनको हितका लागि म सचिवालयको जिम्मेवारीबाट बाहिरिने निर्णयमा पुगेकी हुँ,’ उनले लेखेकी छन्। सचिवालयको जिम्मेवारी छोडे पनि आफू आजीवन रूपमा पार्टी र आन्दोलनप्रति समर्पित रहने उनको भनाइ छ।
कमेन्ट गर्नुहोस्
view comments