प्रधानमन्त्री सुशीला कार्की इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न विमानस्थल पुग्दै
1 दिन पहिले प्रकाशित

काठमाडौं, कार्तिक ३ गते । प्रधानमन्त्री सुशीला कार्की इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम रहेको छ। जोशीको पार्थिव शरीर दिउँसो २ः३० बजे फ्लाइ दुबईमार्फत काठमाडौँ आइपुग्नेछ। इजरायलमा निधन भएका जोशीप्रति प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरू, सरकारी अधिकारी तथा परिवारजनले विमानस्थलमै श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरिएको छ।
इजरायलको बेन गुरियन विमानस्थलमा आइतबार इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारी, त्यहाँका नेपाली समुदाय र विपिनलाई आश्रय दिने किबुज एलुमिमका सदस्यहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरी उहाँको पार्थिव शरीर नेपाल पठाएका थिए। श्रद्धाञ्जलीपछि शव अन्त्येष्टिका लागि परिवारलाई हस्तान्तरण गरिनेछ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आकस्मिक आक्रमणका क्रममा विपिन जोशीलाई बन्धक बनाइएको थियो। दुई वर्षपछि, हमासद्वारा हस्तान्तरण गरिएका शवहरूमध्ये जोशीको शव पनि इजरायलले नेपाललाई उपलब्ध गराएको हो। २३ वर्षीय विपिन जोशी मसाभ (MASHAV) अन्तर्गत “सिक र कमाऊ” कार्यक्रममार्फत कृषि अध्ययनका लागि आक्रमण हुनुभन्दा एक महिना अघि मात्र इजरायल पुगेका थिए। सो आक्रमणमा उनका १० नेपाली सहपाठीको मृत्यु भएको थियो भने घाइते ६ जना स्वदेश फर्किएका थिए। जोशीको बन्धक अवस्थामै निधन भएको पुष्टि दुई वर्षपछि मात्र भएको हो।
कमेन्ट गर्नुहोस्
view comments