क्षिरेश्वरनाथका सात जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी

9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २ गते ।  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। क्षिरेश्वरनाथ–५ निवासी राजदेव चौधरीका छोरा सुशिल कुमार चौधरीको जाहेरीका आधारमा मुद्दा दर्ता भई अदालतको आदेशअनुसार पुर्जी जारी गरिएको हो।

पक्राउ पुर्जी अनुसार क्षिरेश्वरनाथ–१ रमदैया गाउँका रामसागर यादवका छोरा ३८ वर्षीय उमेश यादव, क्षिरेश्वरनाथ–५ का रामटहल पंजियारका छोरा ६२ वर्षीय योगेन्द्र पंजियार, उनका छोरा ३५ वर्षीय अमर पंजियार, ठकाई मण्डलका छोरा ६० वर्षीय जिवछ मण्डल, उनका छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र जिवछका अर्का छोरा ३८ वर्षीय कमल मण्डल धानुकको नाममा पुर्जी जारी गरिएको छ।

अदालतका अनुसार पुर्जीका अनुसूची नं. २२, २३ र २५ गरी जम्मा ६३ पृष्ठ रहेको छ। अदालतले सम्बन्धित निकायलाई ती पुर्जी तामेल गरी प्रतिवेदन पेश गर्न अनुरोध गरेको छ। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?