जनकपुरधाममा एनपीएल ट्रफीको पूजापाठ र नगर परिक्रमा सम्पन्न

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज जनकपुरधाममा विशेष पूजापाठ तथा नगर परिक्रमा गरिएको छ। सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने अभियानअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा पूजापाठ गरिएको हो। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले मन्दिर प्राङ्गणमा मञ्चमा राखी सार्वजनिकरूपमा प्रदर्शन गरेका थिए।

ट्रफीको नगर परिक्रमा जानकी मन्दिरबाट सुरु भएर राम मन्दिर, मुरलीचौक, जिरो माइल, रामानन्द चौक, पिडारी चौक, मिल्स एरिया, भानु चौक, कदम चौक हुँदै पुनः मुरलीचौक, जिरो माइल र बसपार्कमा पुगेर सम्पन्न भएको आयोजकले जनाएको छ। नेपाल प्रिमियर लिगको पहिलो शृङ्खला जनकपुर बोल्ट्सले जितेको स्मरणमा यो परिक्रमा कार्यक्रम गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?