लागुऔषध कारोबारमा संलग्न फरार अमन यादव सप्तरीबाट पक्राउ
3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २९ गते । लागुऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न रही लामो समयदेखि फरार रहेका अभियुक्त अमन यादवलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल सरकार प्रतिवादी रहेको उक्त मुद्दामा यादव थानकोट प्रहरी वृत्तबाट गत भदौ २४ गते फरार भएका थिए। उनी जेन–जी समूहले सञ्चालन गरेको आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका थिए।
सिराहा जिल्ला विष्णुपुर गाउँपालिका–३ बसोबास गर्ने २१ वर्षीय यादवलाई बुधबार बिहान सप्तरीको रूपनी गाउँपालिका–६, वीरेन्द्र बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेपछि आवश्यक कारबाहीका लागि उनलाई थानकोट प्रहरी वृत्तमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments