वीरगञ्जमा महिला उद्यमीको लहर : सरकारी छुट योजनाले बढायो आत्मविश्वास

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २७ गते । सरकारले महिला स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने नीति लागू गरेपछि पर्सा र आसपासका क्षेत्रमा महिला उद्यमशीलता तीव्र गतिमा अगाडि बढिरहेको छ।

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारका अनुसार पछिल्लो आर्थिक वर्षमा दर्ता भएका ९६३ नयाँ उद्योगमध्ये ३६३ उद्योग महिला उद्यमीले सञ्चालन गरिरहेका छन्। उनका अनुसार यो आँकडा अघिल्ला वर्षहरूभन्दा उल्लेख्य वृद्धि भएको हो।

“पहिले यहाँका धेरैजसो महिलाहरू आफ्नै नाममा उद्योग खोल्न हिच्किचाउँथे,” प्रमुख पञ्जीयारले बताए, “तर अहिले सरकारले दिएको छुट र महिलाहरूमा बढ्दो आत्मविश्वासका कारण उनीहरू आफैं उद्यम सुरु गर्न उत्साहित भएका छन्।”

गत आर्थिक वर्षमा पुरुष उद्यमीका नाममा ६३५ नयाँ उद्योग दर्ता भएका थिए। यी उद्योगहरूले हालसम्म १,७३७ जना पुरुष र १,१६१ जना महिलालाई रोजगारी प्रदान गरिरहेका छन्।

पञ्जीयारका अनुसार तराई–मधेसका समुदायमा महिलाले उद्यम सञ्चालन गर्ने प्रवृत्ति विस्तारै सामान्य बन्दै गएको छ। उनले भने, “अब महिला उद्यमीहरू केवल सहभागी होइनन्, उद्योगका नेतृत्वकर्ता बन्दै गएका छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?