प्रचण्डको घरबाट ‘दुई ट्रकमा दुई करोड’ लगिएको दाबी असत्य — सचिवालयद्वारा खण्डन

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज २६ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबाट जेनजी आन्दोलन सुरु हुनु अघि दुई ट्रकमा दुई करोड रुपैयाँ ओसारिएको भन्ने दाबीको प्रचण्ड सचिवालयले कडा शब्दमा खण्डन गरेको छ। केही दिनअघि नेपाल प्रहरीका पूर्व एआइजी देवेन्द्र सुवेदीले एक अन्तरवार्तामा प्रचण्डको निवासबाट पैसा अन्यत्र लगिएको दाबी गरेपछि उक्त विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

सचिवालयका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा यी सबै आरोपलाई निराधार र तथ्यहीन भन्दै सम्बन्धित सञ्चारमाध्यमहरूलाई प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्। प्रेस नोटमा प्रचण्डका सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा प्रयोग गरिएको भनिएको प्रचार पनि असत्य भएको उल्लेख छ। साथै, यस्ता गलत र नियोजित चरित्रहत्या गर्ने सामग्री साइबर कानुनविपरीत भएकाले कानुनी अनुसन्धानका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?