सर्लाहीमा गोमन सर्पको डसाइले महिलाको मृत्यु, झारफुकमा ढिलाइ हुँदा ज्यान गयो
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २३ गते । सर्लाहीको कौडेना गाउँपालिका–२ फूलपरासीमा बुधबार दिउँसो सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। स्थानीय रविन्द्र यादवकी ४२ वर्षीया श्रीमती नयनदेवी यादवलाई गोमन सर्पले डसेको थियो। सर्पदंश भएपछि परिवारका सदस्यले उहाँलाई अस्पताल लैजाने साटो नजिकैको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए। झारफुकपछि अवस्था गम्भीर बनेपछि मात्रै नयनदेवीलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।
अस्पतालका स्वास्थ्यकर्मीका अनुसार मृत अवस्थामा ल्याइएकी भएकाले एन्टीस्नेक भेनम प्रयोग गर्न सम्भव भएन। मृत घोषणा पछि पनि परिवारले नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए, तर त्यहाँ पनि उपचार सम्भव नभएको जनाइएको छ। उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवका अनुसार अत्यन्त विषालु गोमन सर्पले डसेपछि समयमै अस्पताल ल्याइएका भए नयनदेवीको ज्यान बच्न सक्थ्यो। उनीहरूले धामीझाँक्रीको भर परेपछि उपचारमा ढिलाइ हुँदा महिलाको मृत्यु भएको बताए।
कमेन्ट गर्नुहोस्
view comments