बलात्कार र ब्ल्याकमेल गरेको आरोपमा युवक पक्राउ
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २३ गते । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका २१ वर्षीय दीपक राउतलाई किशोरीलाई बोलाएर बलात्कार र ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरेको छ। मङ्गलबार पक्राउ परेका राउतविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अघि बढाएको छ। पीडित १७ वर्षीया किशोरीलाई सेफ हाउसमा राखिएको छ। प्रहरीका अनुसार, राउतले झापाको दमककी किशोरीलाई फकाएर जनकपुरधामको एक होटेलमा राखी आफूसहितका केही युवकहरूसँग बलात्कार गराएका थिए। यो घटनाले स्थानीयमा आक्रोश र चिन्ता बढाएको छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, राउतको मोबाइलमा अन्य युवतीहरूसँग कुराकानी, अश्लील भिडियो र लागूऔषधका तस्बिरहरू फेला परेका छन्। जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले यो घटनालाई गम्भीरतापूर्वक लिँदै थप प्रमाण सङ्कलन र कानुनी कारबाहीको प्रक्रिया चलिरहेको बताए। प्रहरीले यसजस्ता अपराध रोक्न युवाहरूलाई सचेत रहन आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments