विवादित पोखरी संरक्षण गर्दै जनकपुरधाम उपमहानगरपालिका

4 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २२ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०मा रहेको विवादित बनाइएको तेलिया पोखरीलाई जनकपुरधाम उपमहानगरपालिकाले संरक्षण सुरु गरेको छ ।

हिन्दु र मुस्लीम समुदाय बिचमा पटक पटक पोखरीको विषय मा विवाद हुँदाै आएको थियो । बारम्बार झडपको अवस्था सिर्जना समेत हुने गरेको थियो। मङ्गलबार दुवै समुदाय बिचमा भएको सहमति अनुसार पोखरीलाई जनकपुरधाम उपमहानगरपाकिलाले संरक्षण गर्ने सहमति अनुसार नै सो पोखरीको संरक्षणको कार्यलाई सुरु गरिएको छ । विहान दुवै समुदायको रोहरवरमा फोखरीलाई हटाएर संरक्षणको कार्यको थाल्नी गरिएको छ।

पोखरीको चारै तिर बाटो छुटटाइएर वृक्षारोपण घाट निर्माण गरिने छ । पोखरीलाई दुवै समुदायले आ- आफनो पर्व त्यौहारमा प्रयोग गर्ने र त्यसपछि समानहरु हटाउने सहमति भएको छ । सो ठाउमा दुवै समुदाय बिचमा पोखरी र विभिन्न पुजाहरुको नाउमा विवाद हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?