नेपालको विद्युत् निर्यातमा उल्लेख्य वृद्धि: दैनिक १,००० मेगावाट बिक्री, १५ अर्बको व्यापार

5 दिन पहिले प्रकाशित

काठमाडौं, असोज २१ गते ।  नेपालले हाल दैनिक औसत १,००० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आन्तरिक माग पूरा गरेर बाँकी रहेको अतिरिक्त विद्युत् बिक्रीबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँको व्यापार भएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए।

भारतको ऊर्जा बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम मार्केटमार्फत प्रतिस्पर्धी दरमा विद्युत् बिक्री भइरहेको छ भने हरियाणा र बिहारमा द्विपक्षीय सम्झौतामार्फत आपूर्ति जारी छ। भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतसँग भारतीय रुपैयाँ र बंगलादेशसँग अमेरिकी डलरमा व्यापार हुँदा नेपालले दुवै मुद्रामा आम्दानी गरिरहेको छ। हाल प्राधिकरणलाई १,१६५ मेगावाट निर्यातको स्वीकृति प्राप्त छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?