रौतहटको फतुवा विजयपुरमा टाउको नभएको महिलाको बेवारिसे शव फेला, घटना शङ्कास्पद
6 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २० गते । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–९ लक्ष्मीनिया टोलमा आइतबार एक महिलाको टाउको नभएको बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, लालबकैया खोलाको ठोकरमा खोलाले बगाएर ल्याएको अवस्थामा अन्दाजी ३५ वर्षीय महिलाको शव भेटिएको हो। शव सडिसकेको अवस्थामा रहेको र टाउको नभएकाले घटना शङ्कास्पद हुन सक्ने जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिँदै भने, "शवको पहिचान खुल्न बाँकी छ। घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको छ।" प्रहरीले शवको पोस्टमार्टम र थप प्रमाण सङ्कलन कार्यलाई तीव्रता दिएको छ। यो घटनाले स्थानीयमा चिन्ता बढाएको छ र प्रहरीले सम्बन्धित क्षेत्रमा थप निगरानी बढाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments