नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा यातायात सेवा पुनः सञ्चालन, पहिरोको जोखिमपछि रोकिएका सवारी गन्तव्यतर्फ

6 दिन पहिले प्रकाशित

काठमाडौं, असोज २० गते ।  नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सेवा पूर्ववत् सञ्चालनमा आएको छ। गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण पहिरोको उच्च जोखिम रहेको भन्दै आइतबार राति ९ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधनको आवतजावतमा रोक लगाइएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, सडक खुला भएसँगै रोकिएका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्। चितवनका १४ स्थानमा रहेका विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधनहरूले यात्रा पुनः सुरु गरेका छन्। प्रहरीले सडकको अवस्था सामान्य भएको र सुरक्षित यात्राका लागि आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?