नेपालको विपत्तिमा भारतसँगै: मोदीले जनाए दुःख र सहयोगको प्रतिवद्धता

7 दिन पहिले प्रकाशित

जनकपुरधाम,असोज १९ गते । नेपालमा हालैको अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत उनले नेपाल सरकार र जनतासँग ऐक्यबद्धता जनाउँदै आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

देशका विभिन्न पहाडी तथा तराई क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको अवस्थामा भारततर्फबाट आएको यो प्रतिक्रियालाई राहत तथा उद्धारमा सहयोगी सन्देशका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?