राष्ट्रपति पौडेलद्वारा बाढी र पहिरोको जोखिमबारे अपिल" 

7 दिन पहिले प्रकाशित

काठमाडौं,असोज १९ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको खतराबाट सजग रहन सर्वसाधारणलाई आग्रह गरेका छन्। शनिबार जारी आफ्नो अपिलमा उनले धैर्य अपनाउँदै विपत्तिको सामना गर्न पनि सबै नागरिकसँग अनुरोध गरेका छन्।

राष्ट्रपतिले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहत कार्यमा राज्यका सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिएका छन्। उनले अपिल गर्दै भनेका छन्, “यो विपदमा धैर्यपूर्वक चुनौतीको सामना गर्न सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्दछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?