"सप्तकोशीको जलवहाव बढ्दै, कोशी ब्यारेजका सबै ५६ ढोका खुले"
7 दिन पहिले प्रकाशित

काठमाडौं,असोज १९ गते । लगातार शुक्रबार र शनिबार परेको वर्षाका कारण सप्तकोशी नदीको जलवहाव बढेको छ। उच्च बहावका कारण कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन्। सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी पुगेपछि ढोका खोलिएको हो। नदीको सतह निरन्तर मापन भइरहेको छ।
आज बिहान ८ः१५ बजे गरिएको मापन अनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो। प्रमुख जिल्ला अधिकारी मिश्रले बताए अनुसार, पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरुप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ। बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम बढाउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments