"धनुषा–महोत्तरी जोड्ने पुल बाढीले बगायो, आवागमन बन्द"
7 दिन पहिले प्रकाशित

जनकपुरधाम,असोज १९ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ मंगलपुर र महोत्तरीको सीतापुर जोड्ने पुलको एक भाग ठूलो पानीको कारण बगाएको छ। लगातार दुई दिनदेखि परेको वर्षापछि औरही खोलामा आएको बाढीले पुलको पूर्वतिरको भाग बगाउँदा आवागमन पूर्ण रूपमा बन्द भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।
सशस्त्र प्रहरी धनुषाका एसपी निर्मल खड्काका अनुसार धनुषाको लालगढस्थित पूर्वपश्चिम राजमार्गको रातु खोलामा पानीको बहावले पुललाई हल्का कटान गरेको छ। पानीको सतह लगातार कम हुँदै गएपछि पुललाई थप क्षति हुनबाट जोगाउन सकिने उनी बताउँछन्।
कमेन्ट गर्नुहोस्
view comments