बाढीले माइक्रो बस बगाउँदा एक महिला बेपत्ता, २२ यात्रु सकुशल
7 दिन पहिले प्रकाशित

काठमाडौं,असोज १९ गते । उदयपुरको वेलका नगरपालिका–४ लालबजारमा बाढीले माइक्रो बस बगाउँदा एकजना महिला बेपत्ता भएकी छन्। मोरङको रंगेलीबाट काठमाडौं जाँदै गरेको बस बाटो बन्द भएको सूचना पाएपछि फर्किने क्रममा बाढीमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदारमान दोङले जानकारी दिए। उनका अनुसार अन्दाजी ४५ वर्षकी महिला बेपत्ता भएकी हुन्। हालसम्म उनको पहिचान खुलेको छैन र खोजी कार्य जारी छ।
माइक्रो बसमा चालकसहित २२ जना सवार थिए। बाँकी सबै यात्रु सकुशल रहेको र एकजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments