इलाममा बाढीपहिरोले १७ जनाको मृत्यु, उद्धार र खोजी कार्य जारी

7 दिन पहिले प्रकाशित

काठमाडौं ,असोज १९ गते ।  इलाममा आएको बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ। इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका प्रभावित क्षेत्रमा ठूलो मानवीय क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घरमा आएको पहिरोले ५ जनाको ज्यान गएको हो। दुवै घटनास्थलमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरिएको थियो।

देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता रहेका छन्। माङसेबुङ गाउँपालिका–५ पार्टीगाउँमा ३ जनाको मृत्यु भएको छ भने फाकफोकथुम गाउँपालिका–३ रातोमाटेमा ३२ वर्षीय सुरेश लिम्बुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। उद्धार र खोजी कार्य जारी रहेको छ भने स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?