दशैं–तिहारमा तोकिएभन्दा बढी भाडामा हवाई टिकट बेच्न नपाइने : उड्डयन प्राधिकरण
9 दिन पहिले प्रकाशित

काठमाडौं, असोज १७ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैं, तिहार तथा छठको समयमा वायुसेवा कम्पनी र टिकट विक्रेताहरुलाई नेपाल सरकारले तोकेको अधिकतम भाडादर भित्रै रही टिकट बिक्री गर्न कडाइका साथ निर्देशन दिएको छ। प्राधिकरणले यात्रुहरूको माग बढ्ने र सहज टिकट उपलब्ध नभएको बहानामा महँगो मूल्यमा टिकट बिक्री वितरण हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्न बारम्बार सचेत गराउँदै आएको छ। यस क्रममा काठमाडौंबाट देशका विभिन्न ट्रंक सेक्टरका लागि सरकारले स्वीकृत गरेको अधिकतम भाडादर सार्वजनिक गरिएको छ।
काठमाडौं–विराटनगर ९७८५, काठमाडौं–जनकपुर ५४७०, काठमाडौं–पोखरा ६६३५, काठमाडौं–नेपालगञ्ज १३१०३, काठमाडौं–धनगढी १७५७९, काठमाडौं–भैरहवा ८४६१, काठमाडौं–राजविराज ८२१०, काठमाडौं–सुर्खेत ९०३०, काठमाडौं–तुम्लिङ्गटार ७६३०, काठमाडौं–सिमरा ३९७८, काठमाडौं–भरतपुर ४६४३ र काठमाडौं–भद्रपुर १२११२ रुपैयाँ तोकिएको छ। प्राधिकरणले तोकिएको भन्दा बढी रकम असुल गर्ने वायुसेवा कम्पनी, ट्राभल एजेन्सी वा टिकट विक्रेताविरुद्ध यात्रुले उजुरी दिए तत्कालै कानूनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments