पर्सामा मोटरसाइकलसहित युवक कल्भर्टमुनि मृत फेला

9 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १७ गते । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित झलमहिया–भिस्वा सडकखण्डमा शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्। मृतक सोही स्थानका २७ वर्षीय रमेश साह कानु भएको पर्सा प्रहरीले पुष्टि गरेको छ। उनी भारतीय नम्बर प्लेट (BR 22 AL 1273) को मोटरसाइकलसहित सडक किनारको कल्भर्टमुनि पानीमा डुबेको अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनास्थलको अवस्था र मृतकको शारीरिक चोटपटक हेर्दा मृत्यु दुर्घटनाबाट भएको देखिन्छ। तर घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?