सोनामाई मन्दिरमा सुरु भूत मेला, हजारौँ श्रद्धालुको सहभागिता

12 दिन पहिले प्रकाशित

  • षष्ठीदेखि विजयादशमीसम्म सोनामाई शक्तिपीठमा लाग्ने परम्परागत मेला

  • भूत–प्रेत, बोक्साबोक्सी र दुष्ट आत्माबाट सताइएकाहरू निको हुने जनविश्वास

  • मिथिला र भारतका विभिन्न स्थानबाट हजारौँ भक्तजनको उपस्थिती

जनकपुरधाम, असोज १४ गते । बडादसैँसँगै महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई शक्तिपीठमा परम्परागत भूत मेलाको सुरुवात भएको छ। अनादिकालदेखि चल्दै आएको यो मेला षष्ठी तिथिदेखि सुरु भई विजयादशमीसम्म चल्ने गर्दछ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि महोत्तरीसहित मिथिला क्षेत्रका श्रद्धालु साँझ पर्नासाथ मेलामा सहभागी हुन उत्साहित भएका छन्।

सोनामाई मन्दिरमा लाग्ने यस मेलामा दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने गर्दछन्। भूत–प्रेत, बोक्साबोक्सी वा कालो जादूटुनाबाट पीडित मानिसहरू देवी दरबारसम्म पुग्दा विभिन्न लक्षण देखाउने र सोनामाई माताको कृपाले निको भएर फर्किने विश्वास रहिआएको छ। महोत्तरी, सर्लाही, धनुषा, सिरहा लगायत तराईका विभिन्न जिल्लाबाट मात्र होइन, भारतका सीतामढी, मधुबनी र पटना सहरसम्मबाट पनि श्रद्धालुहरूको ठूलो भीड मेलामा सहभागी हुने गरेको छ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?