मिथिलाञ्चलमा दसैँ : देवीलाई चेलीझैँ पूजा गर्ने परम्परा

13 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १३ गते । देशभर दसैँको रौनक छाइरहेका बेला मिथिलाञ्चलका शक्तिपीठ र गाउँ–गाउँमा मूर्ति पूजा भव्यतापूर्वक भइरहेको छ। जनकपुरधामसहित ग्रामीण क्षेत्रमा नवदुर्गाको मूर्ति बनाई पूजा–आराधना गर्ने परम्परा विशेष आकर्षण बनेको छ। मिथिलावासीहरूले देवीलाई परिवारकी छोरीझैँ मान्ने परम्परा जोगाउँदै दशैँमा देवीलाई ‘माइती आएकी चेली’का रूपमा पूजा गर्ने चलन छ। पूजा अवधिभर देवीलाई परिकार अर्पण गर्ने र विसर्जनको बेला सोहर गीत गाएर बिदा गर्ने संस्कार आज पनि जीवन्त छ।

संस्कृतिविद्हरूका अनुसार मिथिलाञ्चलमा देवी–देवतालाई परिवारका सदस्यझैँ व्यवहार गर्ने प्रथा नै ‘वात्सल्य मार्ग’को दर्शन हो। यही परम्पराले धार्मिक आस्थासँगै समाजमा आत्मीयता र एकता पनि मजबुत पारेको छ। मूर्ति निर्माणदेखि विसर्जनसम्म हुने श्रमदान र सामूहिक सहभागिताले समुदायलाई जोड्ने भूमिका खेलेको पाइन्छ। आजको डिजिटल युगमा समेत युवाहरूले सामाजिक सञ्जालमार्फत मूर्ति सजावट र विसर्जनको झलक साझा गर्दै यस सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याइरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?