पासपोर्ट रोक्कामात्र होइन, पक्राउसमेत हुन सक्छ : गृहमन्त्री अर्याल
16 दिन पहिले प्रकाशित

काठमाडौं, असोज १० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले दलका शीर्ष नेताहरूको पासपोर्ट रोक्कामात्र नभई आवश्यक परे उनीहरूलाई पक्राउ गरी बयान लिनुपर्ने अवस्था आउन सक्ने बताएका छन्। बिहीबार सिंहदरबार बाहिर पत्रकारसँग कुरा गर्दै उनले अनुसन्धान निकायलाई कानुनअनुसार जे आवश्यक हुन्छ त्यही गर्ने अधिकार रहेको स्पष्ट पारे। "पासपोर्ट मात्रै होइन, पक्राउसमेत गर्नुपर्ने होला," भन्दै उनले अनुसन्धानका कदमहरू आवश्यकतानुसार अघि बढाइने बताए।
मन्त्री अर्यालका अनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ रूपमा अघि बढ्नेछ। पाँच वर्षको म्यान्डेट पाएको सरकारलाई बीचमै प्रश्न उठ्ने अवस्था आउन नदिन सुशासनमा दृढता आवश्यक रहेको उनले उल्लेख गरे। उनले अनुसन्धान निकाय सक्रिय भइसकेको भन्दै भ्रष्टाचारविरुद्ध सरकारले कडाइका साथ काम गर्ने आश्वासन पनि दिए।
कमेन्ट गर्नुहोस्
view comments