जनकपुरधाममा दसैं सुरक्षा : १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन
17 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ९ गते । दसैं पर्वमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जनकपुरधाममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चाडपर्वमा श्रद्धालु भक्तजनहरूको भीड बढ्ने भएकाले नगरका विभिन्न प्रवेशद्वारमा चेक प्वाइन्ट, गाउँगाउँमा गस्ती टोली तथा सादा पोसाकमा समेत प्रहरी खटाइएको छ। भीडभाड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सुरक्षात्मक व्यवस्था कडा पारिएको छ।
प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार जनकपुरधाममा ८०५ नेपाल प्रहरी र ४५० सशस्त्र प्रहरी गरी १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। चाडपर्वमा कुनै पनि अवाञ्छित गतिविधि भएमा तत्काल जानकारी दिन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्। रेग्मीका अनुसार सहरी क्षेत्रमा ५ मिनेट र ग्रामीण क्षेत्रमा १० मिनेटभित्र पुग्ने गरी सुरक्षा संरचना तयार गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments