नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना

17 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ९ गते । आज नवरात्रको चौथो दिन वैदिक परम्पराअनुसार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन विशेषरूपमा सम्पन्न हुने यस पूजामा दुर्गा सप्तशती, श्रीमद् देवीभागवत तथा अन्य स्तोत्रहरूको पाठ गरिन्छ। धार्मिक विश्वासअनुसार देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता रहेको छ। नवरात्रको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने भएकाले नेपालीहरूले यस पर्वलाई १५ दिनसम्म उल्लासपूर्वक मनाउने गर्छन्।

दशैंलाई दुर्गा पक्ष पनि भनिन्छ, जसअन्तर्गत नवदुर्गाका नौ रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको दिनानुसार पूजा गरिन्छ। यसै क्रममा देशभरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ। काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान र भद्रकालीलगायतका शक्तिपीठ दीपावलीसहित विशेष सजावट गरेर झिलीमिली बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?