प्रधानमन्त्री कार्की र मेयर बालेनबीच भेटवार्ता, जेनजी आन्दोलनको मागबारे छलफल

18 दिन पहिले प्रकाशित

काठमाडौं, असोज ८ गते ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार बिहान प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटवार्ता गरेका छन्। बिहान ९ बजे भएको भेटमा शाहले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। भेटमा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू पनि सहभागी थिए।

प्रतिक्रिया स्वरूप प्रधानमन्त्री कार्कीले आन्दोलनका मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन तथा सुशासनलाई प्राथमिकतामा राखेको स्पष्ट पारेकी थिइन्। करिब ३० मिनेटसम्म चलेको छलफललाई दुवै पक्षले सकारात्मक रूपमा लिएको स्रोतले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?