पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक, भक्तपुरमा कार्यकर्ता भेटघाटमा सक्रिय
19 दिन पहिले प्रकाशित

काठमाडौं, असोज ७ गते । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक भएका छन्। जेनजी आन्दोलन चर्किएपछि गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली २ असोजमा सेनाको सुरक्षा छाडेर भक्तपुरको गुण्डुस्थित भाडाको घरमा सरेका थिए। त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।
असोज ३ गतेदेखि ओली पार्टी नेताहरू र पदाधिकारीहरूसँग निरन्तर छलफलमा व्यस्त रहेको एमाले स्रोतले जनाएको छ। राजीनामापछि पनि सक्रिय रूपमा संगठनात्मक बैठक र रणनीतिक संवादमा संलग्न ओली अब पुनः कार्यकर्ता भेटघाट र आन्तरिक छलफलमार्फत राजनीतिक भूमिका अझ सक्रिय बनाउन प्रयासरत देखिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments