सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु, एक बालिका सकुशल

19 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ७ गते । सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियामा सोमबार साँझ पोखरीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु भएको छ। स्थानीय अरविन्द चौधरीको पोखरीमा नुहाउन गएकी ७ वर्षीया सुस्तिका चौधरी र ११ वर्षीया आश्की चौधरी डुबेर ज्यान गुमाएका हुन्। उनीहरू सोही ठाउँका सुरेन्द्र चौधरी र केशर चौधरीकी छोरीहरू हुन्।

घटनामा नुहाउन गएकी ८ वर्षीया प्रियान्सु चौधरी भने सकुशल रहन सफल भएकी छिन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार प्रियान्सुले घटनाबारे जानकारी दिएपछि स्थानीयले खोजी कार्य गर्दै दुबै बालिकालाई पोखरीबाट बाहिर निकालेका थिए। मृतकको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?