सिरहामा अपहरणपछि बालकको हत्या, आठ जना पक्राउ

19 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ७ गते । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंह अपहरणपछि मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनको शव सोमबार बिहान घर नजिकैको आँपबगैंचामा भेटिएको हो। अभिषेक आइतबार राति करिब ८ बजेदेखि बेपत्ता भएका थिए। परिवारले रातभर खोजी गरे पनि सुराग नलागेपछि सोमबार बिहान अभिषेककै मोबाइलबाट आमालाई पठाइएको फिरौती माग्ने सन्देशपछि घटना अपहरण भएको खुलेको थियो।

यस घटनामा संलग्न भएको आशंकामा प्रहरी प्रशासनले अभिषेकका आफन्त र छिमेकीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। बालकको शव गाउँ नजिकै भेटिनु र अपहरणपछि फिरौती मागिएको विवरणलाई आधार मानेर प्रहरीले योजनाबद्ध हत्या भएको आशंका गरेको छ। यसबारे विस्तृत अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?