मुग्लिन–नारायणगढ सडक खण्ड आज दुई घन्टा बन्द
20 दिन पहिले प्रकाशित

काठमाडौं,असोज ६ गते । चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड आज दिउँसो दुई घन्टाका लागि बन्द गरिने भएको छ । तुइनखोलामा खसेको पहिरो पूर्ण रूपमा हटाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द हुने सडक डिभिजन भरतपुरले जनाएको छ ।
यसअघि ४५ घण्टापछि आइतबार अपराह्नबाट एकतर्फी आवागमन खुलाइएको यो सडक खण्डमा अब थप पहिरो हटाएर दुईतर्फी आवागमन सहज पार्ने तयारी भइरहेको छ । सडक बन्द रहने समयावधिमा सवारी साधन रोकिएर प्रतीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments