अन्तरिम प्रधानमन्त्री कार्कीले डा. संगीता कौशल मिश्रको नाम हटाइन्

20 दिन पहिले प्रकाशित

काठमाडौं,असोज ६ गते ।  अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीको सूचीबाट डा. संगीता कौशल मिश्रको नाम हटाएकी छिन् । आइतबार मात्र कार्कीले मिश्रलाई स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गर्दै अन्य चारजनासहित पाँचजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् । तर, मिश्रविरुद्ध प्रश्न उठेपछि सोमबार सूची सच्याएर चारजनाको मात्र नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको स्रोतले जनाएको छ ।

मन्त्री बन्ने निश्चित भएपछि मिश्रले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । तर अब अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेल मात्र मन्त्रीका रूपमा सपथ ग्रहण गर्नेछन् । सपथग्रहण आज दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा हुने तय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?